२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ कांग्रेसको एक महिने चुनावी रणनीति



फाईल फोटो
अ+ अ-

काठमाडौँ: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले नयाँ रणनीति लागू गर्ने भएको छ ।

यसअघि नै उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा बनेको चुनावी परिचालन समितिले सो रणनीति लागू गर्नेछ । उक्त समितिले निर्वाचन परिचालन निर्देशिका निर्माण गरिरहेको बताइएको छ । सो समितिले नै चुनावी रणनीति तय गर्ने नेताहरूले जनाएका छन् ।

सो रणनीतिमा कांग्रेसले विभिन्न तहमा रहेका नेता र सदस्यहरू एक महिना चुनावकेन्द्रित हुनुपर्ने कुरा समेटिने छ ।

यही माघ २१ गतेदेखि मतदानको दिनसम्मका लागि नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा परिचालन गर्ने गरी सो रणतीनि बनाइएको छ । उपसभापति शर्माले तयार गरिरहेको निर्वाचन परिचालन निर्देशिकामा यो कुरा उल्लेख गरिएको छ ।

उपसभापति शर्माले प्रदेशस्तरीय विशेष आन्तरिक छलफल गर्दै निर्देशिका तयार गर्दैछन् । अहिलेसम्म कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको छ भने गण्डकीको छलफल हुँदैछ ।