१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला चित्रकला तालिम काठमाडौँमा सुरु



अ+ अ-

काठमाडौँ। काठमाडौँमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको छ ।

मिथिला चित्रकलाको प्रवद्र्धन गर्ने उदेश्यले तालिम सुरु गरिएको हो । मिथिला थाली बाई सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।

मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिका लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनको प्रशिक्षण दिइने तालिमका प्रशिक्षक प्रतिभा मिश्रले जानकारी दिनुभयो ।

तालिमको पहिलो दिन नक्साल, दोस्रो दिन गौशाला र तेस्रो दिन झम्सीखेलस्थित मिथिला थालीमा तालिम सञ्चालन हुनेछ । तीनदिने प्रशिक्षणपछि १० दिनको अन्तरालमा नक्सालस्थित मिथिला थालीमा अन्तिम चित्रकला प्रतियोगिता आयोजना गरिनेछ । तालिममा ३० जनाभन्दा बढी सहभागी छन् ।

“मलाई सधैँ मिथिला पेन्टिङप्रति रुचि थियो । तालिममार्फत नयाँ डिजाइन सिकेर आफ्नै काम गर्न सक्नेछु । मलाई पहिलेदेखि नै यस्तो तालिम लिने इच्छा थियो । आज सहभागी हुन पाउँदा खुुसी लागेको छ”, तालिममा सहभागी क्रेशिका ढकालले बताउनुभयो ।

तालिमको उद्घाटन गर्दै मास्टर सेफ सन्तोष साहले मिथिला चित्रकलालाई जनकपुरमा मात्र सीमित नराखेर देशविदेशमा चिनाउने उद्देश्य तालिम आयोजना गरिएको बताउनुभयो ।

“धर्म, संस्कृति, परम्परा र कलालाई जोगाउनुका साथै नयाँ पुस्तालाई संस्कृतिको ज्ञान दिनुपर्छ”, साहले भन्नुभयो, “महिलालाई कलामार्फत आत्मनिर्भर बनाउने हाम्रो अर्को लक्ष्य हो । त्यसैले हामीले यो तालिम आयोजना गरेका हौँ ।”

साथै सुडी महिला कल्याण समाजकी अध्यक्ष रुवी महतो पुर्वेले महिलालाई घरमै सीमित नराखी यस्ता तालिममा सहभागी गराएर सीप सिकाउने र आम्दानीको अवसर दिने उद्देश्य रहेको बताउनुभयो । पहिले सिकाएका महिला अहिले आफ्नै प्रयासले आम्दानी गरिरहेका छन् । यस तालिमले सहभागीलाई पनि त्यस्तै अवसर दिनेछ ।

परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले मिथिला चित्रकलाबारे तालिम प्रदान गर्नुहुनेछ । रासस