१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दयाराम खड्कालाई राज्यले आधिकारिक पहिचान ’



अ+ अ-

काठमाडौँ । नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतहरूलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सरोकारवालाहरुले यस्तो बताउनुभएको हो । बैठकमा इतिहासविद् डा. श्रीरामप्रसाद उपाध्यायले खड्काको राष्ट्रिय योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने बताउनु भयो । उहाँले नालापानीको लडाइँ नेपालको ऐतिहासिक गौरव भएको उल्लेख गर्दै युद्धमा प्रयोग भएका हतियारहरुलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई नेपाली भनेर चिनाउने नै नालापानीको लडाइँ हो । दयाराम खड्काको योगदानले गर्दाखेरी नै ल आज हामी गोर्खाली भनेर चिनिन्छौं । सबैले लडाइँ छोडेर भाग्दा पनि उहाँ अन्तिम समयसम्म पनि लडिरहनुभयो जसलाई अंग्रेजहरुले पनि सराहना गरेका छन् । उहाँको परिवार नै एकीकरणमा लागेको हो । त्यसकारण उहाँको योगदान भनेको नेपालको लागि ऐतिहासिक योगदान हो । उहाँको बारेमा पाठ्यक्रममा पनि समावेश गर्दै राष्ट्रिय विभूति घोषित गर्नुपर्छ  भन्ने  मेरो मान्यता हो ।’

दयाराम खड्का स्मृति प्रतिष्ठान प्यूठानका अध्यक्ष कमलबहादुर खड्काले दयाराम खड्काको स्मृतिमा निर्मित प्रतिष्ठानको भौतिक संरचना समेत जिर्ण अवस्थामा रहेको भन्दै राज्यले त्यसको संरक्षण गर्नुपर्ने माग राख्नुभयो । साथै नेपालको एकीकरण र संरक्षणमा खड्काले दिएको योगदानको लागि उहाँलाई राष्ट्रिय विभूति घोषित गरी प्यूठानमै शालिक निर्माण गर्नुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज उहाँको स्मृतिमा निर्माण गरिएको प्रतिष्ठानको भवन समेत जिर्ण अवस्थामा रहेको छ । हामीले सरकारसँग उहाँले देशका लागि गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरुले लडाइँमा प्रयोग गर्नुभएका हतियारहरुको संरक्षण गर्नुपर्दछ  भन्ने हाम्रो माग हो । प्यूठानमा उहाँको शालिक निर्माण गर्नुपर्ने पनि हाम्रो माग हो ।’

प्रतिष्ठानका सदस्य वेदबहादुर खड्काले दयाराम खड्काको युद्ध कौशल र योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभयो । खड्काले यु्द्धका क्रममा प्रयोग गरेका हातहतियार समेत संरक्षण गर्नुपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, ‘यो राष्ट्र निर्माण गर्नको लागि उहाँले जु्न बलिदान दिनुभयो ।  उहाँको युद्ध कौशल र योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिदिनुप¥यो । उहाँले प्रयोग गनुर््भएका ऐतिहासिक हातहतियारहरुको हामी पूजा गरी बस्छौँ । तर अहिले ठाउँको अभाव छ । राज्यले एउटा  राम्रो प्रतिष्ठानको भवन बनाइदिनुप¥यो ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले नालापानी युद्धको पत्रहरूमा थप अध्ययन, अनुसन्धान गर्र्दै विज्ञहरूको सुझावका आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने प्रक्रिया अगाडि बढाउन सकिने धारणा राखे ।