१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ



अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।

आचारसंहिता कार्यान्वयनमा गरिएका कार्यको नियमितरुपमा मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू गरेको छ । रासस