१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीमा कोशी एक्सिलेन्स अवार्ड



अ+ अ-

धरान। माघः कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड–२०२६ आगामी फागुन ७ गते आयोजना हुने भएको छ ।

कार्यक्रममा  कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिने आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार यस वर्ष अवार्डलाई थप परिष्कृत र प्रभावशाली बनाउन अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट गरी तीन नयाँ विधा थप गरिएको छ । यससँगै कुल १६ विधामा अवार्ड प्रदान गरिनेछ ।

गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक सेवा, स्टार्टअप, प्रविधि तथा इन्स्योरेन्सलगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उहाँले बताउनुभयो ।

अवार्डलाई थप विश्वासिलो र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । अध्यक्ष अधिकारीका अनुसार कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पु¥याउने लक्ष्य लिएको छ । रासस