२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाह भन्छन्, चरम दलीयकरण र भ्रष्टाचारको अन्त्य गर्ने समय हो अहिले



अ+ अ-

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाहले लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा रहेको बताउनु भएको छ ।

शहीद दिवसका अवसरमा सन्देश दिँदै बालेनले राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ भन्नुभएको छ ।

उहाँले भन्नु भएको छ, शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन, अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने, सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।

बालेनले लेखेका छन् 

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालिन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ ।

त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन ।

यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्यो ।

८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।

पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो ।

अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं ।

लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।

राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।

यी शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन ।

अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने ।

सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।

यसपटकको शहीद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो ।

फेरी कसैले शहीद बन्नु नपरोस्!

सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली,सम्मान ।