१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै



अ+ अ-

गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा एक हजार ५७३ , स्याङ्जामा एक हजार ९४७, नवलपुरमा एक हजार ५४३, मुस्ताङमा २६६, म्याग्दीमा ७६५, बागलुङमा एक हजार २९८ र पर्वतमा ९६५ जना निर्वाचन प्रहरी परिचालन हुनेछन् ।

नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६, कास्कीमा ९५७, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना खटिने छन् ।

एघार वटै जिलालामा निर्वाचन प्रहरीको छनोट भई नियुक्ति र तालिम प्रक्रिया सुरू भएको छ । निर्वाचन प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षानिकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिकलाई प्राथमिकताका साथ समावेश गरिएको जनाइएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ । रासस