१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा तीन जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार काठमाडौँको सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएको उक्त दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको आज मृत्यु भएको छ ।

गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।  त्यसैगरी काठमाडौँ महानगरपालिका–४ सुकेधारा चोकस्थित सडकमा प्र.२–०३–००१ ख ७०३४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौँ काभ्रेस्थली बस्ने सङ्खुवासभा घर भएका २३ वर्षीय मिलन योञ्जनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ गोकर्ण जनसाहरा चोकस्थित सडकमा बा.७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँ टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस