१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनबारे छलफल गर्न रुसी वार्ताकार फ्लोरिडामा



फाइल फोटो
अ+ अ-

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका उच्च आर्थिक दूत किरिल दिमित्रीभले शनिबार फ्लोरिडामा अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्नुभएको छ।

“वार्ता बिहान ८ बजे सुरु भएको थियो,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतले एएफपीलाई बतायो ।

दिमित्रिभले यसअघि सामाजिक सञ्जालमा आफू “पुनः मियामीमा फर्किएको’ बताउनुभएको छ।

उक्त बैठकमा सहभागी अमेरिकी अधिकारीको नाम भने सार्वजनिक भइसकेको छैन ।

युक्रेनी र रुसी वार्ताकारबीच अबुधाबीमा करिब चार वर्षे युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी समर्थित योजनाबारे छलफल गर्न बैठक बस्नुभन्दा एक दिनअघि यो बैठक भएको हो । यसको अर्थ यो बैठक अबुधाबी बैठकको लागि दुई देशका नेताहरूबीच भएको पूर्वतयारी थियो ।

अमेरिकाले दुवै पक्ष सम्झौताको नजिक रहेको बताएको छ, तर अहिलेसम्म उनीहरूले युद्धपछिको समाधानमा युक्रेनको पूर्वी क्षेत्रको मुख्य मुद्दामा सहमति गर्न सकेका छैनन्।  (रासस/एएफपी)