३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः सुनिल शर्मा



अ+ अ-

नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताउनुभएको छ ।

निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरुले लडेर ल्याएको स्मरण गराउनु भयो । उहाँले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई वश्वास गर्नुको विकल्प नभएको बताउनु भयो । नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गर्नुभयो । नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा गर्ने हो भने तपाईं हामीले आज मन लागेको चिज बोल्न त पाएको छ नि । प्रतिवाद गर्न पाएको छ । सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने डेमोक्रेसीको पाँच पिल्लरमध्ये एउटा स्वतन्त्र न्यायालय कल्पना गरेको छ । त्यसमा त्रुटी होलान्, सुधार गर्नुपर्छ । लोकतन्त्रको रक्षा गर्ने हो भने हामीलाई नै विश्वास गर्नुपर्छ । त्यसको विकल्प नै छैन । अब हामीले बदलिएको काँग्रेस लिएर आएका छाँै । तपाईंहरुले हेर्नुभयो नयाँ नयाँ भन्छन् । काँग्रेस पार्टीको इतिहासमा उलटपुलट गराएर हामी आएका छौँ । नयाँ काँग्रेस हामीले बनाएर ल्याएका छौँ । नयाँ, बदलिएको र नयाँ भिजनसहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले पत्याउनुपर्छ । पत्याउनुभएन भने देश भड्खालोमा जान्छ ।’

नेता शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित रहेको बताउनु भयो । बदलिएको काँग्रेसले नै देश बदल्ने बताउनु भयो । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई अत्याधिक मत दिएर विजयी गराउने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।