२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिशहोम GO मा चलचित्र ‘एक भागवत र एक गीता’ उपलब्ध



अ+ अ-

काठमाडौं । यथार्थ परक र सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको चलचित्र “एक भागवत र एक गीता’ अब डिशहोम GO मा दर्शकहरुलाई उपलब्ध भएको छ ।

कथाबस्तु कमला माई -विपिन कार्की _ को वरपर घुमेको छ ।जनकपुर वरपरका तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षणगर्दै समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह र मानवीयताका लागि लडिएको घटनाक्रमलाई मार्मिक रुपले प्रस्तुत गरिएको ‘एक भागवत र एक गीता’चलचित्रले समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ ।

यो चलचित्र नेपालभित्र रु. २२५ र नेपाल बाहिर USD १=९९ तिरेर डिशहोम GO मा दर्शकहरुले हेर्न सक्नेछन्।

झरना थापाको निर्देशनमा बनेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ तथा कबीर खड्काको प्रभावशाली अभिनय रहेको छ।

डिशहोम GO एक नेपाली ओटिटि प्ल्याटफर्म हो,जहाँ दर्शकहरूले नेपाली तथा अन्तराष्ट्रिय चलचित्रहरु, सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध श्रब्यदृष्य सामग्रीहरु सहजै हेर्न सकिन्छ ।

संसारभर, जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम GO तपाईंको भरपर्दो माध्यम हुन सक्छ ।