२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिःगा पूजा’ सँगै नेवार समुदायमा स्वस्थानी व्रत कथा सम्पन्न (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ । नेपाली हिन्दु धर्मावलम्वीहरूले एक महिनासम्म कठोर रूपमा पालन गर्ने श्री स्वस्थानी व्रत सम्पन्न भएको छ ।

पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको एक महिने स्वस्थनी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन भएको हो ।

मुख्य रूपमा महिलाहरूले परिवारको सुख, सुस्वास्थ्य र मनोकामना पूरा हुनका लागि व्रत बस्ने, पूजा गर्ने र स्वस्थानी देवीको कथा श्रवण गर्ने गर्छन् । विशेष गरी नेवार समुदायमा यो व्रतको समापनलाई ‘मिःगा पूजा’ को रूपमा मनाइन्छ । शालीनदी (साँखुस्थित सालिनदी) मा बसेका व्रतालुहरूले व्रतको अन्तिम दिन ‘मिःगा पूजा’ गरेपछि मात्र व्रत पूर्ण रूपमा समाप्त गर्ने परम्परा छ । ‘

मिःगा पूजा’ मा अण्डाको बली दिएपछि अण्डा पकाएर खाने चलन छ । स्थानीय जीवन श्रेष्ठले शालीनदीमा बसेकाहरूले मिःगा पूजा गरेपछि मात्र व्रत समाप्त हुने जानकारी दिनुभयो । यो नेवार समुदायको विशेष परम्परा हो । श्री स्वस्थानी व्रत मुख्य रूपमा भगवान शिव र पार्वती (स्वस्थानी परमेश्वरी) को आराधना गर्ने पर्व हो । व्रतकथामा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति प्राप्तिका लागि यो व्रत बसेको उल्लेख छ । शालीनदीमा लाग्ने मेला र मिःगा पूजाले नेपाली संस्कृतिको विविधता र धार्मिक सहिष्णुतालाई झल्काउँछ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल