२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिपोमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर बोकेर नेपाल ग्यासकै कार्यालय पुगे



अ+ अ-

काठमाडौँ ।  दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन । बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन् । उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ ।

नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन् । कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो नयाँ बसपार्कबाट खाली सिलिण्डर बोकेर गएका नमराज घिमिरेले बताउनु भयो ।

उपभोक्ता घिमिरेले भन्नुभयो–‘घरमा ग्यास खाँचै भइसक्यो, डिपोले ग्यासै दिँदैन,  डिपोले कम्पनीमै जानु त्यहाँ ग्यास बाँडेको छ भन्यो । डिपोमा १०–१५ दिनदेखि पालोमा राखे तर पालो नै आएन । पालोमा राख्दा ढिला हुन्छ भनेपछि बालाजु औद्योगिकमा रहेको कम्पनीको कार्यालयमै आएको हो । हिजो अस्ती कम्पनीले ग्यास बाँडेको छ भनेर आएको आज बाँडेको रहेनछ्, बिचल्ली हुने भयो ।’  

उहाँले ग्यास बजारमा चरम अभाव हुँदा घरमा परिवारको बिचल्लि हुने अवस्था आएको बताउनु भयो । घरमा एउटै सिलिण्डर भएकाले सकिसकेकाले घरमा बिचल्लि अवस्था आएको घिमिरेले बताउनु भयो ।

बजारमा नेपाल ग्यास कहीँ कतै नपाएपछि बालाजु औद्योगिक क्षेत्र भित्र रहेको कम्पनीको कार्यालयमा पुगेका रौतहट घर भई हाल चाबहिलका प्रेम साहले आफू काठमाडौंमा ब्याकको काम गर्ने गरेको र डेरामा ग्यास सकिएको र समयमै नपाएको बताउनु भयो । उहाँले नेपाल ग्यास नपाएपछि आगोमा पकाएर जीविकोपार्जन गरिरहेको बताउनु भयो ।  उपभोक्ता शाहले भन्नुभयो–‘ग्यास सकिएको छ । दाउरामा पकाएर खानुपरेको छ । एक घण्टादेखि ग्यास लिन नेपाल ग्यासको कम्पनीकै कार्यालयमा आएको अहिलेसम्म पाएको छैन । तिन दिन भइसक्यो ग्यास भ्याइएर खोजिरहेको नेपाल ग्यास कही पाइन । एउटा मात्रै सिलिण्डर थियो । आज त ग्यास लिन खान नखाइ आएको हो ।’ आफूले कहिकतै ग्यास नपाउँदा बिजोग भइरहेको उहाँको भनाइ छ ।

अर्का उपभोक्ता धार्दिङ घर भइ हाल काठमाडौंमा बस्दै आउनुभएका अर्जुन सिम्खडाले पनि आफ्नो वरिपरि कतै नेपाल ग्यास साट्न नपाएको बताउनु भयो ।
उपभोक्ता सिम्खडाले भन्नुभयो– ‘म नेपालटारमा बस्छु । त्यहाँ ग्यास पाइएको छैन । डिपोले बालाजु औद्योगिक क्षेत्रमा पठायो । कम्पनीकै कार्यालयमा आएर पनि ग्यासै पाउन सकिएको छैन । आज बेलुकासम्म पनि पालो आउने हो की होइन पत्तो छैन । हिजो पनि एकचोटी ग्यास लिन आएको पाइन । विद्यार्थी भएकाले एउटा मात्रै ग्यास डेरामा थियो । त्यो सकिएपछि पाउनै कठिन भयो । आज पनि ग्यास पाउँदैनौँ भनेर गार्डहरुले भनिरहेका छन् । अब त अति नै भयो ।’

यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ । नेपाल ग्यास कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष समेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक ८–१० बुलेट रहने गरेको बताउनु भयो । उहाँकाअनुसार त्यो मात्रमा ढुवानीमा केही समस्या रहदा समस्या भएको हो । अहिले समस्या हल भएपनि बजारको चक्र केही गढबढ भएकाले त्यसले पुरानै अवस्थामा आउन केही दिन लाग्ने बताउनु भयो ।

सञ्चालक भण्डारीले भन्नुभयो–‘हाम्रो दायित्व भनेको सम्पूर्ण उपभोक्तालाई समयमै ग्यास उपलव्ध गराउनु हो । यो राज्यबाट नियन्त्रित व्यवसाय भएकाले राज्यले पनि भुमिका खेल्नुपर्छ । लोडिङ गर्ने कुरामा हाम्रा आफ्ना बुलेट नभएका कारणले समस्या आएको हो । उद्योगको कारणले मात्रै ग्यास अभाव भएको होइन । पाइपलाइनको कुरा छिटो गर्ने हो भने यस्ता समस्या बारम्बार आउने थिएनन् ।’

सञ्चालक भण्डारीले नेपाल ग्यास दैनिक ८ हजार सिलिण्डर खपत हुने गरेको बताउनु भयो । जाडो महिनामा यो संख्या अझ बढ्छ । पछिल्लो दिनमा जति डिमाण्ड हो त्यो भन्दा बढि नै ग्यास बजारमा उहाँको दाबी छ । बजारमा जुन अभाव देखिएको छ, यो कभर हुँदैछ । अहिले आत्तिनुपर्ने स्थीति छैन । ग्यास रेगुलर आउन थालिसकेको छ । अहिले आवश्यकता भन्दा बढी ग्यास भरेर राखिएका कारणले पनि अभाव देखिएको उहाँको दाबी छ ।

नेपाल आयाल निगमले नेपाल ग्यास सहित केही अन्य ग्यासको बजारमा चरम अभावबारे जानकार रहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले छिटो अभाव हटाउन उद्योगीलाई कडा निर्देशन दिइएको बताउनु भयो । प्रवक्ता ठाकुरले भन्नुभयो–‘नेपाल ग्याससहितमा केही समस्या देखापरेको छ । उनीहरुले भारतबाट समयमै ढुवानी गर्न नसकेको पाइयो । ग्यास दुवानी गर्ने एउटा पनि ढुवानीकर्ता छैनन् । जतिपनि छन् भारतीयहरु छन् । तिनैमाथि हामी निर्भर भएका छौँ । समयमै ढुवानीकर्ता भएनन भने पनि हामीलाई समस्या हुने गरेको छ, अहिले त्यस्तै समस्या आएको हो । अहिले उद्योगीहरुलाई बोलाएर अभाव हटाउन र इण्डियन अयल कर्पोरेससँग पनि निगमले कुराकानी गरिरहेको छ ।’

उहाँले चुनाव पनि नजिकिएकाले अभाव हटाउन निगमले चासो देखाइरहेको बताउनु भयो । निगमले कालोबजारी कसैले गरे कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ ।