२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनो अङ्कले बढ्यो नेप्से



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।

कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.६७, व्यापार ८.२, होटल २.३२, निर्जीवन बीमा ८१.१७, उत्पादन १९.२२, जीवन बीमा ६१.४७ ले वृद्धि हुँदा विकास बैंक १०.२७, जलविद्युत् ०.७६, वित्त ३.४८, अन्य ७.४४ लघुवित्त २.४ र सामूहिक लगानी कोष ०.१५ ले घटेको छ ।

स्टकका अनुसार कारोवार आधारमा हिमालन बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २४ करोड ४६ लाख १७ हजार ३० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै हिमालयन डिस्टिलरीको रु १० करोड ५२ लाख ६१ हजार ७५६, एनआइसी एशियाको रु नौ करोड ४६ लाख १२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड २० लाख ६० हजार ९५६, शिवम् सिमेन्टस्को रु पाँच करोड ७० लाख १२ हजार ६१६, सूर्या लाइफ इन्स्योरेन्सको रु चार करोड ६२ लाख तीन हजार ८८९ र सानिमा बैंकको संस्थापक शेयर रु तीन करोड ९६ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ९.८२, ग्लोबल आइएमइ बैंक ९.७५, पाँचथर पावर कम्पनी ९.५२, स्पर्श लघुवित्त ५.९४, सामुदायिक लघुवित्त ५.९१, कालिका पावर ५.४९ र वेष्ट फाइनान्सका शेयरधनीले ४.९० प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ६.४८, आइसिएफसी फाइनान्स ६.०७, माहुली सामुदायिक लघुवित्त ५.९४, सिनर्जी पावर ५.६६, युनिभर्सल पावर ५.१२ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.०८ प्रतिशतले गुमाए ।




भर्खरै