१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी बनेर ठगी गर्ने थापामगर पक्राउ



अ+ अ-

काठमाडौँ। हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने ४० वर्षीय दीपक थापामगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वादी नेपाल सरकार प्रतिवादी दावा भन्ने दाफुरी शेर्पासमेत भएको हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा यही माघ १५ गते पक्राउ परेका दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र रु पाँच लाख रकम दिएमा दाफुरीलाई छुटाइदिन्छु भनी रकम ठगी गरी फरार रहेको अभियोगमा निजलाई पक्राउ गरिएको हो ।”

निजलाई काठमाडौँ महानगरपालिका बानियाँटारबाट पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।रासस