१४ असार २०८३, आईतवार
,
Latest
रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता



अ+ अ-

भोजपुर। जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य अस्थायी मतदाताको सूची सार्वजनिक गरेको छ ।

उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दीलगायत दुई हजार २०० अस्थायी मतदाताको सूची प्रकाशन गरिएको हो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले शान्तिपूर्ण वातावरणमा मतदाताले निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेगरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।

जिल्लामा आगामी निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । रासस