२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन्न निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने सरकारको अनुमान



सुशीला कार्की
अ+ अ-

काठमाडौँ ।अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताउनुभएको हो । उहाँले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताउनु भयो ।

उहाँले हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भएपनि निर्वाचन गराउने बताउनु भयो । उहाँले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनु भयो । यस पटकको निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने अनुमान रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले जसरी पनि निर्वाचन गराउँछ । कहीँ रोकियो भने दोस्रो चरणमा गराउँछ । थोरै ठाउँ भएकोमा त साधनको प्रयोग पनि हुनसक्छ । साधनको प्रयाग गरेर पनि मान्छेलाई ओसारेर पनि गरौँला । त्यहाँ हुनै नसक्ने अवस्था हो भने त्यही रुपबाट विचार गर्नुपर्छ । तर निर्वाचन जसरी पनि हुन्छ । यो इमरजेन्सी जस्तो हो । जसरी पनि निर्वाचन गराउनुपर्छ । निर्वाचन गराउँदा जनताले मत दिने हो नयाँ प्रतिनिधि आउने हो । उनीहरुले देश चलाउने हो । चुनाव सर्दैन, किन सार्नु र ? ३१, ३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै निर्वाचनको खर्च … । म त त्यो त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ । त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि ।’

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको बताउनु भयो ।