२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यकता पूरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत



अ+ अ-

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पूरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० नेपाली जनताको हित र आवश्यकताको पक्षमा रहेकाले आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गर्नुभयो ।

देशको आवश्यकता र स्वार्थलाई निश्चित देशसँगको सम्बन्धबाट कति सुरक्षित गर्न सक्दछौँ भन्ने परराष्ट्र नीतिको मूल विषय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “कुन देशको राजनीतिक प्रणाली कस्तो छ भन्नेमा त्यही देशको सरोकार हो । हाम्रो सरोकार देशदेशसँगको सम्बन्ध हो, त्यहाँको राजनीतिक प्रणालीसँगको सम्बन्धको कुरा होइन ।”

‘यति ग्रुप’को हातमा देशको राष्ट्रिय सम्पत्ति अपारदर्शिरुपमा एकपछि अर्को ढङ्गले जिम्मा लगाउने काम भएको भन्दै उहाँले सरकारको गलत कामको विरोधलाई पार्टीले तीव्र बनाएर लैजाने र राम्रो कामको समर्थन गर्ने बताउनुभयो । काँग्रेसको आगामी वर्ष हुने महाधिवेशन तोकिएकै मितिमा हुनेमा पार्टीभित्र सहमति भइसकेको बताउँदै उहाँले सबै विषय मिलिसकेकाले आगामी वर्ष फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुने उल्लेख गर्नुभयो ।