२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी



अ+ अ-

एजेन्सी । इरानका राष्ट्रपति मासउद पेजेश्कियनले देशका विदेशमन्त्रीलाई अमेरिकासँग ‘निष्पक्ष र समान वार्ता’ अगाडि बढाउन निर्देशन दिनुभएको छ । त्यसैबीच, अमेरिकी नौसेनाले एक इरानी ड्रोन माथि आक्रमण गरेको छ, जसले अमेरिकाको विमानवाहक पोत नजिक उडान भरेको थियो । इरानी क्रान्तिकारी गार्डका तीव्र गतिका डुङ्गाहरूले पनि ‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकी झण्डा बोकेको जहाजलाई रोक्ने प्रयास गरेका थिए ।

अमेरिकी व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भन्नुभयो, “राष्ट्रपति ट्रम्प सँधै कूटनीतिक उपायमा विश्वास गर्नुहुन्छ, तर सफल वार्ताका लागि दुवै पक्ष तयार हुनुपर्छ ।” अमेरिकी विशेष दूत स्टिभ विटकफ यसै साता टर्कीएमा इरानी अधिकारीसँग वार्ता गर्ने तयारीमा छन् ।

इरानी राष्ट्रपति पेजेश्कियनको यो कदमले उहाँले सर्वोच्च नेता आयतुल्लाह अली खमेनीको समर्थन पाएका देखाएको छ । टर्कीएले वार्ता आयोजना गर्न पहल गरिरहेको छ भने ओमान, पाकिस्तान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरूलाई पनि वार्तामा सहभागी हुन आमन्त्रण गरिएको छ ।

वार्ताको भविष्य

इरान र अमेरिकाबीच वार्ता मुख्य रूपमा न्यूक्लियर मुद्दामा केन्द्रित रहनेछ। इरानी सल्लाहकार एली शामखानीले भन्नुभयो, “इरानले परमाणु हतियार कहिल्यै चाहँदैन, तर यसको बदलामा अन्य पक्षले मूल्य तिर्नुपर्छ ।”