१४ असार २०८३, आईतवार
,
Latest
पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशसभाले लोकतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छः प्रदेश प्रमुख कर्ण



फाइल फोटो
अ+ अ-

धनुषा। मधेस–प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेस–प्रदेशसभाले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै जनताको अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

जनकपुरधामस्थित मधेस–प्रदेशसभामा आज आयोजित प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख डा कर्णले लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, सुशासन प्रवद्र्धन तथा जनअपेक्षाअनुसार कानुन निर्माणमा प्रदेशसभाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले परिकल्पना गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनस्तर उकास्न प्रदेशसभा प्रतिबद्ध रहनुपर्ने उल्लेख गर्नुभयो ।

सोही अवसरमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभामार्फत बनेका कानुनहरूले मधेस–प्रदेशको समग्र विकास, सामाजिक न्याय र समावेशिताको आधार तयार गरेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले प्रदेशसभासँग समन्वय र सहकार्य गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले राजनीतिक स्थायित्व, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक प्रणालीलाई थप बलियो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सभामुख रामअशिष यादव, उपसभामुख बबिता राउत इसर,  प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, उच्च अधिकारीहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । वार्षिकोत्सवका अवसरमा विविध औपचारिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । रासस