१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २८ वर्षीय सुशील आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२–०३० प ८०१३ नं को मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौतर्फ आउँदै गरेको बा ३ ख ८४३ नंको बस एकआपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार गम्भीर घाइते भएका मगरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई अपराह्न मृत घोषणा गरेको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  रासस