१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वदलीय बैठक सम्पन्न



अ+ अ-

रसुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने सन्दर्भमा यहाँ सर्वदलीय बैठक भएको छ ।

मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी, स्थानीय प्रशासक, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्ने, निर्वाचनसम्बन्धी भेला तथा कार्यक्रम गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई जानकारी गराउनका साथै सहभागी सबैले आ–आफ्नो क्षेत्रबाट निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

रसुवामा नौ वटा राजनीतिक दल तथा तीन जना स्वतन्त्र उम्मेदवार चुनावमा होमिएका छन् । नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपाबाट माधवप्रसाद लामिछाने, नेकपा एमालेका प्रेम तामाङ, रास्वपाबाट वसन्त भट्ट, उज्यालो नेपालबाट मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनका विनोद थिङ, राप्रपाका हरिप्रसाद घिमिरे, नेकपा माओवादीका होमप्रसाद आचार्य, प्रगतिशील लोकतान्त्रिक दलका तर्फबाट दावा तमाङ उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी, स्वतन्त्रतर्फ चित्रकुमारी देवकोटा, दावा तामाङ र सागर लामा प्रत्याशी हुनुहुन्छ ।