२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वबियु निर्वाचनको तयारीमा जुट्न उपाध्यक्ष रिजालको आग्रह



अ+ अ-

काठमाडौं । नेविसंघका निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजालले फाल्गुन १४ गतेका लागि घोषणा भएको स्वबियु निर्वाचन जुट्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उपाध्यक्ष रिजालले विद्यार्थी संगठनहरु विशेष गरि नेविसंघ अत्यन्त सजग र सतर्क हुन हुनुपर्ने उल्लेख गरेका हुन् ।

उपाध्यक्ष रिजालले २०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धि हो ‘स्वबियु निर्वाचन’ नेपाल विद्यार्थी संघको नेतृत्वमा भएकाले विद्यार्थी आन्दोलनबाट प्राप्त प्रमुख उपलब्धि भएको स्वबियु संग नेविसंघको आफ्नै किसिमको भावनात्मक साइनो रहेको बताएका छन् । स्वबियु निर्वाचनले लोकतान्त्रिक संस्कृतिको सम्बर्द्धन गर्नुको साथै विद्यार्थी आन्दोलनलाई अझ शसक्त बनाउन मद्दत पुर्याउने रिजालले बताए ।

मुलुकभरका क्याम्पसमा नेविसंघ इकाई समितिहरु कृयाशिल अवस्थामा रहेका छन। स्वबियु निर्वाचनमा भागलिन तयार भएर बसेका छन्। नेविसंघको आफ्नै शसक्त संगठन, क्याम्पसभित्र नेविसंघका साथिहरुको बिशेष कृयशिलता, कम्युनिस्ट सरकारको गलत कृयाकलापले मुलुकभर बामपंथीहरु विरुद्ध बढ्दै गएको जनमत जस्ता कारणले आगमी स्वबियु निर्वाचनमा अधिकांश क्याम्पसमा नेविसंघको जित्ने रिजालको दावि रहेको छ ।