२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङका सम्पूर्ण बिद्यार्थीलाई नेबिसंघले नि:शुल्क वनभोज कार्यक्रम गर्ने



अ+ अ-

धादिङ । जिल्लाको सम्पूर्ण स्कुल तथा क्याम्पस स्तरका बिद्यार्थीलाइ समेटेर नेपाल विद्यार्थी संघ गल्छी गाउँपालिकाले वनभोज तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। वनभोज तथा अन्तरक्रिया कार्यक्रम माघ २५ गते शनिवार ११ बजे हुने कार्यक्रम रहेको छ।

नेबिसघलाई जिल्लामा थप उचाई दिनुपर्ने र उर्जावान बिद्यार्थीहरुलाई एकै ठाउँमा भेला गर्ने कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमको संयोजक समेत रहनु भएको नेबिसंघ गल्छी गाउँपालिकाको अध्यक्ष राजु पुलामीले जानकारी दिनुभयो ।

वनभोज तथा अन्तरक्रिया कार्यक्रमको आर्थिक समितिको जिम्मेवारी श्रीराम खतिवडाले लिदै वनभोज तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बिद्यार्थीलाई कुनै पनि शुल्क नलाग्ने बताएका हुन् ।

कार्यक्रमलाई सफल बनाउन धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपलिका, सिद्धलेक गाउँपालिका, निलकण्ठ नगरपालिका लगायत करिव करिव धादिङको सम्पूर्ण गाउँपालिकाको बिद्यार्थी संगठन सँग समन्वय भइरहेको र निम्न स्थानिय तहको सम्पूर्ण बिद्यालय तथा क्यापसका बिद्यार्थी आउने आयोजकको दावी रहेको छ। यस्तै कार्यक्रमलाई सफल बनाउन नेबि सघ धादिङ, नेपाली काग्रेस गल्छी गाउँपालिका, धादिङ जिल्लाको सम्पूर्ण गाउँपालिका समन्वय समितीले बिशेष सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।