२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङ्हदरबारमा आगजनी गरेको बताउने गौतम पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका क्रममा सिङ्हदरबारमा आगजनी गरेको बताउने र आगजनी गर्न उक्साएको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबार आगजनी गरेको बताउने र अन्य व्यक्तिलाई समेत आगजनी गर्न उक्साउने, भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न निज महेन्द्र गौतमलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेका निज गौतमविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । रासस