२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन के हो हामी देखाउछौ : रास्वपा सभापति लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुसासन के हो भन्ने आफूहरुले देखाउने बताउनु भएको छ ।

चितवन क्षेत्र नं २का उम्मेदबार समेत रहनु भएका लामिछानेले चिया पसलबाट आफ्नो चुनावी भेटघाट सुरु गर्दे यस्तो बताउनु भएको हो ।

उहाँले आम नागरिकले ठुलो कुराको अपेक्षा नगरेको उल्लेख गर्दे बिधिको शासन कायम गर्न सके मात्र धेरै परिवर्तन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो “पाँच बर्ष एउटा दलको स्थायी सरकार बन्ने अबस्थाका लागि यस पटक अलिकति जोड लगाउनु पर्ने अबस्था छ । स्थायी सरकार बनाएर शुसासन दिने बाहेक अर्को अभिप्राय छैन ।”

उहाँले नयाँदल र शक्ति हरु मिल्ल सक्नेसंग मिलेको जनाउदै निर्वाचनका मिल्न कठिन भएपनि कानून निर्माणमा एक हुने बताउनु भयो ।

लामिछानेले आर्थिक उन्नती , सन्तुलित र बिकास कुटनीति लाई आफुहरुले प्राथामिकता दिएको बताउनु भयो ।

लामिछानेले नारायणगढको बालकुमारी चोकस्थित चिया पसलबाट लामिछानेले चुनावी अभियानको सुरुआत गर्नुभएको छ ।

उनी पहिलो पटक उम्मेदवार हुँदा पनि यही स्थानबाट चुनावी भेटघाट सुरु गर्नुभएको थियो ।