२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता उल्लंघनमा आयोग निर्ममः २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेश



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ ।

शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताउनुभएको हो ।

भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फस्र्यौट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको बताउनु भयो । आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ । भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ । प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा रहेको बताउनु भयो । जसमा महिला उम्मेदवारको संख्या १ हजार ७७२ र पुरुषको संख्या १ हजार ३६३ रहेको छ । समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको आयोगको तथ्याङ्कले देखाएको छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो चोटी जिल्लामै उजुरी गर्ने र त्यहीँबाटै फस्र्यौट गर्ने दर अलि बढेको छ । त्यसले गर्दा केन्द्रमा आउने क्रम घटेको महशुस गरेका छौँ । अझै सुधारका कामहरु छन् भने हामी सुधार गर्न तयार छौँ । हामीले ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई सपष्टीकरण सोधेकोमा २४ बाट ज्वाफ पाइसकेका छौँ । अक्सर हामीलाई सोध्ने प्रश्न भनेको जवाफ लिइसकेपछि पुग्यो भन्ने छ । आचारसंहीता र निर्वाचन कसुर तथा सजाय ऐन हेर्नुभयो जवाफ पाउनुहुन्छ । कस्तोमा कारबाही गर्ने र कस्तोमा नगर्ने भनेको कारणले केन्द्रिय आचारसंहीता अनुगमन समितिले कानूनमा हेरेर थप स्पष्टीकरण, कारबाही गर्नेबारे निर्णय लिन्छ । आचारसंहीता उल्लंघनका घटनामा निर्वाचन आयोगले नजरअन्दाज गरेको छैन ।’

आयोगले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र सुधार गर्न आफूहरू सधैँ तयार रहेको प्रतिवद्धता जनाउँदै आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ ।