१४ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार सूबसेनका पाँच कृति लोकार्पण



अ+ अ-

काठमाडौँ। नेपालका पुराना प्रशासक, संविधानसभा सदस्य एवं साहित्यकार सूर्यबहादुर सेन (सूबसेन) वलीका नयाँ पाँच कृति लोकार्पण गरिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रमा सूबसेनका ‘व्यक्ति एकः दृष्टिमा अनेक’, ‘विश्वश्याम’, ‘उमा–गौरी’, ‘असाधारण मुमाबुवाको साधारण छोरा’ र ‘हस्ताक्षर भूमिका सङ्ग्रह’ विमोचन गरियो ।

नेपाल  प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति गङ्गाप्रसाद उपे्रती, प्रा डा रामदयाल राकेश, साहित्यकार रामप्रसाद पन्त, डा भागवत ढकाल, साहित्यकारद्वय ठाकुरप्रसाद शर्मा र भागिरथी श्रेष्ठले ती कृति विमोचन गर्नुभयो । ‘व्यक्ति एकः दृष्टिमा अनेक’ कृति लेखकको लेखनमाथिको टिप्पणी सङ्ग्रह हो भने उमा–गौरी सांस्कृतिक उपन्यासका रुपमा रहेको छ ।

शिवश्याम तराई मधेसका विषयवस्तु र घटना समेटिएको सामाजिक उपन्यास हो भने असाधारण मुमाबुवाको साधारण छोरा कृति संस्मरण ग्रन्थकारुपमा रहेको छ ।

हस्ताक्षर भूमिका सङ्ग्रह भने सूबसेनका बारेमा साहित्यकार सूर्यविक्रम ज्ञावली, डा जगदिशचन्द्र रेग्मी, डा रामदयाल राकेश, डा टीकाराम पन्थी, डा तारानाथ शर्मा, डा रामकुमार पाँडे, गङ्गाप्रसाद उप्रेती, डा माणिकलाल श्रेष्ठ, अशेष मल्ललगायतको हस्ताक्षरसहितका लेख र टिप्पणी समावेश छन् ।  रासस