२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड’ सङ्गीतकार बासकोटालाई



अ+ अ-

काठमाडौँ, २३ माघः विन्ध्यवासिनी फाउण्डेसनले ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड’ सङ्गीतकार शम्भूजीत बासकोटालाई प्रदान गर्ने भएको छ । उहाँलाई उक्त अवार्डसहित नगद रु एक लाख र सम्मानपत्र प्रदान गरिने छ ।

फाउन्डेसनको सल्लाहकार समितिको बैठकले ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान’ गीतकार विजय शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी दिनुभयो । उहाँलाई उक्त सम्मानसहित रु ५० हजार प्रदान गरिने छ । त्यसैगरी, ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान’ पत्रकार पवन आचार्यलाई प्रदान गरिने भएको छ । सम्मानसहित उहाँलाई रु २५ हजार प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान’ युवा गायिका रचना रिमाललाई प्रदान गर्ने निर्णय गरेको छ । विन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा नेपाली सङ्गीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधानको नाममा रहेको उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

त्यसैगरी, ‘झलकमान लोक–सङ्गीत सम्मान लोकदोहोरी गायक पशुपति शर्मालाई प्रदान गरिने भएको छ । उहाँलाई रु २५ नगदसहित सम्मानपत्र प्रदान गरिने छ । फाउन्डेसनले यस वर्षदेखि अवार्डको विधा घटाएर पब्लिक च्वाइससमेत गरी ११ विधामा अवार्डबाट सम्मान गर्ने जनाएको छ । साथै हरेक विजेतालाई ट्रफीसहित रु पाँच हजार प्रदान गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।

विन्ध्यवासिनी म्युजिक अवार्डको १६औँ संस्करण आगामी चैत २७ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गर्ने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ ।रासस