१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कोशी र गण्डकीको हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना



??????(???????), ?? ??? : ????????? ?????? ????????? ??????? ????????????? ??????????-? ????? ???????? ??????????? ????????? ?????? ????????? ???????? ????????? ?????? ????? ?????? ????? ???????? ??????? ????? ? ??????? ????????? ?????/????
अ+ अ-

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रासस