२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल



अ+ अ-

नुवाकोट। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘निर्वाचन प्रहरी’को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नुवाकोटमा निर्वाचन सुरक्षा एवम् निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्थाबारे जानकारी लिन आज यहाँ आउनुभएका गृहमन्त्री अर्यालले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन निर्वाचन प्रहरीको भूमिका प्रमुख सुरक्षा निकायसरह रहने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा सञ्चालन भइरहेको निर्वाचन प्रहरीको तालिम अवलोकनपश्चात् उहाँले भन्नुभयो, “स्वयम्सेवकका रूपमा जिम्मेवारी हुने भए पनि निर्वाचन प्रहरीको व्यवहार, कार्यशैली र आचरणबाट मतदातालाई संयमित र जिम्मेवार बनाउन सहयोग पुग्दछ ।”

निर्वाचन प्रहरीको कार्यशैली असल भएमा स्वच्छ वातावरणमा निष्पक्ष रूपमा निर्वाचन गराउन सहयोग पुग्ने भएकाले जिम्मेवार भई उच्च मनोबलका साथ सेवा पु¥याउन गृहमन्त्री अर्यालले सबैलाई निर्देशन दिनुभयो ।

तालिम अवलोकनका क्रममा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीलाई ऐतिहासिक अवसरका रूपमा लिन निर्वाचन प्रहरीलाई आग्रह गर्नुभयो । निर्वाचनमा सबैभन्दा अग्रपङ्क्तिमा रहेर मतदाताको लाइन व्यवस्थापनमा सहयोग पु¥याउनेसहित तोकिएका थप जिम्मेवारी पूरा गर्ने क्रममा दबाब र प्रभावमा नपरी साङ्गठानिक अनुशासन कायम राख्न उहाँले स्मरण गराउनुभयो ।

सरकारले निर्वाचन प्रहरीलाई नेपाल प्रहरीसरह सेवा र सुविधा उपलब्ध गराई चालिस कार्यदिनका लागि यही साता नियुक्ति दिएर तालिम सञ्चालन गर्दै आएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले देशभर एक लाख ३३ हजारभन्दा बढी र सशस्त्र प्रहरी बलले करिब १५ हजार निर्वाचन प्रहरी भर्ना गरेका छन् ।  रासस