२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा



अ+ अ-

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ।

‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्। कम्पनीले यसअघि २७.४९ लाख रुपैयाँ बजार मूल्य रहेको टियागो इभीलाई भ्यालेन्टाइन डे अफर अन्तर्गत सीमित अवधिका लागि मात्र २४.९९ लाख रुपैयाँ कायम गरेको छ। यो सबै नंया टियागो इभिमा लागु हुनेछ।

नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन रोज्न चाहने ग्राहकहरूका लागि यो योजना एउटा उत्कृष्ट अवसर हुने कम्पनीको विश्वास छ। विशेष गरी सहरको भिडभाडमा सहज यात्रा सुनिश्चित गर्ने र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता र नयाँ जोडीहरू माझ लोकप्रिय बन्दै गएको छ।

टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, सहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो। सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ। इच्छुक ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई यस अफरको लाभ लिन सक्नेछन्।




भर्खरै