२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरका पूर्वप्रमुख शाहको कोठामा चोरी गर्ने तीन पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसङ्खुपाखर घर भई काठमाडौँको गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर मई हाल धादिङको खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका कैदीले चोरी गर्दै हिँडेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका राजवाहकविरुद्ध चोरी मुद्दा, खड्काविरुद्ध बैंकिङ कसुर र श्रेष्ठविरुद्ध जबर्जस्ती करणी मुद्दा रहेको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो ।

पक्राउ परेका तीनैजनासँग प्रहरीले चोरीमा प्रयोग हुने वस्तु र चोरीका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।




भर्खरै