१४ असार २०८३, आईतवार
,
Latest
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए



अ+ अ-

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पर्सामा दुई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतमा पर्साका सहायक प्रजिअ विनोदकुमार पोखरेल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीलाई तोकिएको छ । कार्यालयले निर्वाचन आयोगको गत माघ १० गतेको पत्राचारअनुसार निर्वाचन ऐन, २०७३ को दफा २ को खण्ड (ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम जिम्मेवारी दिएको जनाएको छ ।

पर्साका सहायक प्रजिअ कार्कीले कोही कसैले निर्वाचन आचारसंहिता विपरीतकार्य गरे÷गराएमा निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ बमोजिमको ढाँचामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी गर्नसमेत आह्वान गर्नुभयो ।

यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय र निर्वाचन कार्यालयको प्रमुखको उपस्थितिमा पर्साको मतदानस्थलको निरीक्षण गर्नुभएको छ । आज यहाँको धोविनी गाउँपालिकाअन्तर्गतको पाँच वटा वडामा रहेका सात मतदानस्थलको निरीक्षण गरिएको हो । रासस