१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

४६ लाख रकाजश्व सङ्कलन



अ+ अ-

तनहुँ।  एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४६ लाख सात हजार राजश्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजश्व सङ्कलन गरिएको हो ।

साउन महिनामा रु सात लाख पन्ध्र हजार, भदौमा रु सात लाख २२ हजार, असोजमा सात लाख ४० हजार, कार्तिकमा रु सात लाख १४ हजार, मङ्सिरमा सात लाख ८८ हजार र पुसमा नौ लाख २५ हजार राजश्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

उक्त अवधिमा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुई उद्योग दर्ता भएका कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिनुभयो । उद्योगतर्फ एक हजार २३ नविकरण र वाणिज्यतर्फ ९८८ नविकरण भएका छन् ।

त्यसैगरी, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छ भने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ । रासस