२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाउस अफ रेप्रेजेन्टेटिभ्सद्वारा ट्रम्प विरुद्व महाभियोग माथिल्लो सदनमा



अ+ अ-

संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेको छ। राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले सुरु गर्नेछ। राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत खसेको थियो भने विपक्षमा १९३ मत खसेको थियो।

हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले आरोपपत्रहरूमा हस्ताक्षर गरेकी थिइन्।विपक्षी डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो। ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेको सिनेटले अब उनी विरुद्धको महाभियोग पारित गर्ने वा नगर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउनेबारे निर्णय गर्नेछ।

आरोपपत्रहरूमा हस्ताक्षर गर्नुअघि आयोजित एउटा पत्रकार सम्मेलनमा सभामुख पेलोसीले आफूहरूले इतिहास रचेको बताइन्। उनले भनिन्, ‘यी कागजातले यो कुरालाई प्रस्ट पारेका छन् कि राष्ट्रपति ट्रम्पलाई उनले गरेका कामका लागि जवाफदेही बनाइनेछ र भविष्यमा अब कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न सोच्ने छैनन्।