११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाकोशीमा बस खस्दा ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस त्रिवेणी नजिकै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट मन्थली-भुजी हुँदै पोल्थली जाँदै गरेको ९९७५ नम्बरको बस खुर्कोट-मन्थली तर्फको बाटोबाट तामाकोसी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले गाडी साहुसहित पाँच जनाको शव निकालिएको र हालसम्म ६ जना घाईतेलाई उपचारका लागि पठाइएको जानकारी दिनुभयो ।