२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन किन्ने लोभमा ६० लाख रुपैयाँ डकैती, चार जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं: नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रु. ६० लाख डकैतीको घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीका अनुसार, प्रहरीले काभ्रेका दीपक आले मगर, रसुवाका विक्रम तामाङ, नुवाकोटका जीवन तामाङ र नवलपरासीका कर्ण बहादुर सुनारलाइ पक्राउ गरी अनुसन्धान थालेको छ ।

घटना विवरण अनुसार, गत माघ १४ गते काठमाडौं–१४ स्थित घ्याङखेलमा एक व्यक्तिलाई बोलाई सस्तो मूल्यमा बिल सहितको सुन दिन्छु भनी प्रलोभनमा पारेर नगद रु. ६० लाख लुटेर ८–९ जनाको समूह फरार भएको थियो ।

पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले नगद रु. ९ लाख ४२ हजार, मोबाइल ५ थान, मोटरसाइकल ३ थान र विभिन्न मोबाइलमा प्रयोग गरेको सिमकार्ड १३ थान बरामद गरेको छ ।