२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम



अ+ अ-

जुम्ला। नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभयो ।

यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न आज जुम्ला पुगेकी स्वास्थ्यमन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने बताउनुभयो ।

उहाँका अनुसार कठिन भूगोल र सीमित स्रोतसाधनका बीच स्वास्थ्य सेवा, अध्ययन तथा अनुसनधानका क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा गरेको काम महत्त्वपूर्ण रहेको छ । बजेट अभावले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र सेवा सुधार रोकिन नहुने उहाँको भनाइ छ ।

कर्णालीको सम्भावना बुझ्नका लागि जुम्ला आएको मन्त्री गौतमको भनाइ छ । बजेट अभावकै कारण प्रतिष्ठानको चेरे चौरमा निर्माण भइरहेको बहुउद्देश्यीय परियोजनाका भवनले पूर्णताः नपाएको समस्या रहेकाले एकै चोटी अर्बका हिसाबले बजेट दिन सम्भव नभएको हुँदा वार्षिक बजेटमा प्राथमिकता दिइने स्वास्थ्यमन्त्री गौतलले बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय लागि परेको छ । प्रतिष्ठानको गुणस्तरीय स्वास्थ्य सेवालाई थप विस्तार गर्न मन्त्रालयले आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले जानकारी दिनुभयो ।

बजेट अभाले प्रतिष्ठानका भौतिक संरचना निर्माण हुन सकेका छैन । स्वास्थ्य सेवालाई विस्तार गरी माथिल्लो कर्णालीका गाउँबस्तीमा पुगेर विशेषज्ञ स्वास्थ्य शिविरसमेत प्रतिष्ठानले सञ्चालन गर्दे आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले बताउनुभयो । रासस