२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका ११ वटै स्थानीय तहका मतदाता शिक्षा अनुगमनमा खटिनेलाई अभिमुखीकरण



अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता शिक्षाका लागि काठमाडौँका ११ वटै स्थानीय तहमा खटिने अनुगमनकर्तालाई आज अभिमुखीकरण गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अनुगमनकर्ताको काम, कर्तव्य र गर्नुपर्ने कामका विषयमा प्रशिक्षित गरिएको थियो ।

सङ्घीय राजधानी काठमाडौँका ११ वटै स्थानीय तहका सबै वडामा खटिने मतदाता शिक्षा स्वयंसेवकका लागि फागुन १ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी सृजना रायमाझीले राससलाई जानकारी दिनुभयो ।

अन्य जिल्लाका स्थानीय तहमा खटिने मतदाता शिक्षा अनुगमनकर्ता र वडामा खटिने स्वयंसेवकलाई पनि आजदेखि नै अभिमुखीकरण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउन आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयलाई पत्राचार गरिसकेको छ । स्वयंसेवकले दिने मतदाताका शिक्षाका बारेमा प्रत्येक स्थानीय तहमा खटाइएका अनुगमनकर्ताले अनुगमन गर्ने जनाइएको छ । रासस