२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रस्तुत विधेयकहरू विवादका घेरामा



अ+ अ-

काठमाडौं । सरकारले संघीय संसदमा प्रस्तुत गरेका विधेयकहरू अहिले विवादका घेरामा रहेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले हालसम्म ९८ वटा विधेयकहरू प्रस्तुत गरेको छ । त्यसमध्ये करिब दर्जन बढी विधेयकहरूको विरोध भइरहेको छ । संसद्को चौथो अधिवेशनसम्म ९४ विधेयक दर्ता गरेको सरकारले चौथो अधिवेशनपछि चार विधेयक दर्ता गरिसकेको छ । यस्तै सन्धि सम्झौतातर्फ प्रतिनिधि सभामा पाँच र राष्ट्रिय सभामा एउटा दर्ता भएको छ । केही विधेयकमा संशोधन त केही नयाँ विधेयक सरकारले संसद्मा दर्ता गरायो ।

हाल प्रतिनिधि सभामा १० विधेयक विचाराधीन अवस्थामा छन् भने संसदीय समितितर्फ १९ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । जसमा प्रतिनिधि सभाअन्तर्गतका समितिमा १५ र राष्ट्रिय सभाअन्तर्गतका समितिमा चार ओटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । यस्तै चौथो अधिवेशनमा पारित भई प्रमाणीकरणका लागि ५ वटा विधेयक बाँकी छन् । सरकारले प्रस्ताव गरेका केही महत्वपूर्ण विधेयकले संवैधानिक सीमा नाघेर संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका र मानव अधिकारका आधारभूत मूल्य–मान्यताको अतिक्रमण गरेको देखिएको अधिवक्ताहरू बताउँछन् ।

संसद दर्ता वा विचाराधीन सूचना प्रविधि, विशेष सेवा ऐन र मानव अधिकार ऐनलगायतका विधेयकहरूका सम्बन्धमा अहिले नागरिक स्तरबाट आवाज उठिरहेका छन् । नागरिकतासम्बन्धी विधेयक, गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक लगायतमा विवाद भइरहेको छ । विवाद तीव्र भएपछि गुठी विधेयक सरकारले फिर्तासमेत लिएको छ भने केही संशोधन त केही विरोधका बीचमा पारित भइसकेको छ । सरकार निर्माणको पहिलो वर्षलाई कानुन निर्माणको वर्ष भन्ने गरेको सरकारले नयाँ संविधानअनुसार कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिइरहेको छ ।

सरकारले कतिपय मौजुदा कानुन संशोधन गर्न विधेयक ल्याएको थियो भने कतिपय नयाँ कानुन निर्माणका लागि विधेयक संसद्मा दर्ता गरेको थियो । जसमध्ये केही विधेयकमा राखिएका कडा सजायको प्रावधान तथा संविधानले दिएको व्यक्तिको स्वतन्त्रताको हक र गोपनीयताको हक अतिक्रमित हुने प्रावधानका कारण विधेयकहरू विवाद परेका छन् । विधेयकको विरोधलाई विपक्षीले सरकारविरुद्धको अस्त्रकारूपमा प्रयोग गर्ने गरेको छ । जसले गर्दा स्वस्थ्य बहसभन्दा राजनीतिकरण हुने गरेको अधिवक्ताहरू बताउँछन् । विवादित बनेका विधेयकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भूमिका पनि रचनात्मक नदेखिएको मात्र होइन, पूर्वाग्रहपूर्ण पनि देखिन्छ ।

उल्लिखित विधेयकसम्बन्धी नागरिक असन्तुष्टिलाई प्रमुख प्रतिपक्षीले केवल सरकार विरोधी मोर्चा बिस्तार हुँदै गएको अर्थमा ग्रहण गरेर नागरिकस्तरको आलोचनालाई आफ्नो सुखानुभूतिको साधन मात्र बनाउन खोजेको आरोप लाग्ने गरेको छ । प्रमुख प्रतिपक्षीले ती विधेयकबारे आफ्नो वैकल्पिक प्रस्ताव जनतासमक्ष प्रस्तुत गर्न नसक्नु उसको क्षमताको प्रश्न भएको कतिपय विश्लेषकको भनाइ छ । विपक्षीले सरकारले ल्याउने कतिपय विधेयकले जनताका अधिकार कटौती गर्ने मात्र बताउँदै आएको छ । तर, विकल्प के हो र हुनुपर्ने के हो भनेर कहिले पनि टिप्पणी गर्ने गरेको छैन ।

संसद सबैभन्दा लामो समयदेखि विवादमा परेको नागरिकता सम्बन्धी विधेयक अहिलेसम्म पास हुन सकेको छैन । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन रहेको यो विधेयक संसद्मा दर्ता भएको २ वर्ष पुग्न लाग्दासमेत अगाडि बढ्न सकेको छैन । विधेयकमा अधिकांश दफामा सहमति जुटे पनि वैवाहिक अंगीकृतलाई नागरिकता दिने समयबारे कुरा नमिल्दा यो विधेयक थन्किएर बसेको छ ।

विधेयकहरू पास गर्नुपर्ने धेरै भएपनि अहिले प्रतिनिधिसभा भने सत्तारुढ नेकपाको गुटको चक्रब्युहमा फसेको छ । सभामुख चयन पार्टीभित्र प्रतिष्ठाको लडाइँका रूपमा चलेपछि एक महिनादेखि संसद् नेकपाले नै बन्धक बनाइरहेको प्रतिपक्षको आरोप छ । यद्यपि अहिलेसम्म पनि कसलाई सभामुख बनाउने भनेर नेकपामा सहमति जुट्न सकेको छैन । सौर्य देनिकबाट