२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा’



अ+ अ-

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको बताउनुभएको छ ।

नेपाल प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको उहाँले बताउनुभयो । केही वर्ष अघिसम्म गाउँगाउँका जंगलहरुमा बेत पर्याप्त भएपनि अहिले जंगल फडानीका कारण प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

‘हिजो केटाकेटी बेलामा बेतको जंगलहरु धेरै देखेको थिए । अहिले फडानी गरेर त्यहाँ बास्ती बसेका छन्’, उहाँले भन्नुभयो, ‘प्रहरीलाई बेतको लाठ्ठी भारतबाट आउने गरेका छन् । हाम्रो देशमा उन्नत जातका निगालोहरु पाउने भएपनि त्यसको सदुपयोग हुन सकेको छैन् ।’

मंगलबार राजधानीमा स्थानीय तहका पदाधिकारीहरुसँग औद्यौगिक ग्राम विकास तथा निर्माणका लागि सम्झौता पत्र आदान प्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले स्रोत, साधन र कला भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताउनुभएको छ । मन्त्री भट्टले जुम्ला र दार्चुलाको राडीपाखी लिएर दिल्लीमा स—साना केटाहरु ब्यापारका लागि स्मरण गर्नुभयो । व्यापारघाटा बढ्यो भनेर मात्रै चिच्याउनुभन्दा अब घटाउनतिर सबै अग्रसर हुनुपर्ने उहाँको धारणा थियो । निर्वाचनको समयमा राजनीतिक दलहरुबीच बैचारिक द्वन्द्व हुने गरेको भएपनि विकास जनताका लागि गरिने भएकाले सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।