१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै



अ+ अ-

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन् ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षका पछिल्ला छ महिनामा दुई हजार ५२५ वटा उजुरी दर्ता भएकामा धनुषाका ७८० उजुरी छन् । प्रदेश राजधानी रहेको यस जिल्लामा १८ वटा पालिका रहेका छन् ।

कार्यालयका उपसचिव प्रकाश पोखरेलले दर्ता भएका उजुरीमध्ये ८१२ वटा उजुरी फर्छ्यौट भएका र एक हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका बताउनुभयो । उहाँका अनुसार दर्ता भएका उजुरीमध्ये ७२ दशमलव ६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी धनुषाका ७८०, महोत्तरीका ५१४, सिरहाका ४८१, सर्लाहीका ३९७ र सबैभन्दा कम सोलुखुम्बू जिल्लाका ३९ वटा उजुरी दर्ता भएका छन् ।
आयोगमा दर्ता भएका उजुरीहरूको ‘स्क्रिनिङ’ गरी प्रारम्भिक तथा विस्तृत छानबिनमार्फत तामेली गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउने गरिएको उपसचिव पोखरेलले बताउनुभयो । “चालु आवका छ महिनामा ६०५ उजुरी तामेली, १० वटा सुझावसहित तामेली, ७९ मा आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ । यसैगरी ११८ उजुरी एकीकरण गरिएको छ”, उहाँले भन्नुभयो ।

आयोगको बर्दिवास क्षेत्रीय कार्यालयअन्तर्गत मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू, बागमती प्रदेशका सिन्धुली र रामेछाप पर्दछन् । मधेसका रौतहट, बारा र पर्सा आयोगको कार्यालय हेटौँडामा तथा सप्तरी इटहरीको कार्यालयको क्षेत्राधिकारमा पर्ने गरेको छ ।

आयोगको बर्दिवास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रण गर्न आयोग सदाचार, निष्पक्षता र निर्भिकताका साथ काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । रासस