२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योती विकास बैंकको खुद नाफामा वृद्धि



अ+ अ-

काठमाडौं । ज्योती विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रहेको थियो ।

बैंकको मंगलबार भएको १२ औं वार्षिक साधारणसभाले निक्षेप संकलन पनि बृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले बृद्धि भइ २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ । गत आर्थिक वर्षमा बैंकका कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख पुगेको छ, भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख गरेको छ ।

बैंकको मंगलबार बसेको साधारणसभाले आफ्ना सेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकले हाल १ सय २ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।




भर्खरै