२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको तथा तत्काल वर्षाको सम्भावना पनि नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषण रहिरहने भएकाले त्यसबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारभएका सबैमा अनुरोध गरेको छ । रासस