२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका सयौ जना कारागार चलान



अ+ अ-

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरी यातना दिएर बयान गराएको प्रतिवादीको बयानमा उल्लेख छ । ती १६ जनालाई गत कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिका माझपालीबाट पक्राउ गरिएको थियो । ओलीसहित पक्राउ पर्नेमा नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन् । तीमध्ये ११ पुरुष बाजुरा र ५ महिलालाई सोमबार नै अछाम कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभयो । रोल्पा गङ्गादेव–३ झ्याम घर भएका ओली विप्लव समूहका न्याय विभाग प्रमुखसमेत हुन् ।
यसअघि उनी वैशाख ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीबाट पक्राउ परेका थिए । उनलाई दाङबाट सुनसरी पुयाएर ८० दिनको हिरासत बसाइँपछि जिल्ला अदालत सुनसरीले असार २३ गते रिहा गरेको थियो ।