३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेवातालमा एसएलआर राइफल र १८ राउन्ड गोली फेला



अ+ अ-

कास्की। पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र सो हतियारमा प्रयोग हुने १८ राउन्ड गोली फेलापरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही माघ २९ गते साँझ खपौँदी नजिक स्थानीय ४२ वर्षीय कुमार जलारीले जाल हानी माछा मार्ने क्रममा मु.वा. १११ (बट) नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राइफल फेलापरेको थियो ।

हतियारसँगै सो राइफलमा लोड गरिएको १८ राउन्ड गोलीसहित एक थान म्यागजिन बरामद भएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रहरीले तालमा फेलापरेको हतियार कसको हो भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

“जाल हान्दा हतियार भेटिएको सूचनापछि प्रहरी पुगेर हतियार बरामद गरेको हो । त्यो हतियार प्रहरीको हो, सशस्त्रको हो वा नेपाली सेनाको भन्नेबारेमा अनुसन्धान भइरहेको छ”, प्रनाउ बस्नेतले भन्नुभयो ।

प्रहरीको केन्द्रीय हतियार भण्डारण शाखामा हतियारको अभिलेख रहने भएकाले कसको हो भन्ने छिट्टै पुष्टि हुने प्रहरीले जनाएको छ । सो हतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हुनसक्ने पनि आकलन गरिएको छ । रासस