२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायात सुधार्न सभापति थापाका यस्ता छन् योजना



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक योजनाहरू सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिँदै उनले सार्वजनिक यातायात सुधारका लागि एकीकृत प्राधिकरणको अवधारणा पेश गरेका छन् ।

सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा यातायात सेवा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

सार्वजनिक यातायातबाट जनता जति पीडित छन्, त्यो अनुसारको प्राथमिकता र संवेदनशीलता नदेखिएको अनुभूति थापाले व्यक्त गरेका छन् ।

कांग्रेस सभापति थापाले सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता रहेकोमा जोड दिएका छन् । सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले त्यसका लागि आफूहरूले ठोस तयारी गरिरहेको बताए ।

उनले भने,’घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था । यसको अर्थ हो हाम्रो हाम्रो सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।”