१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता उल्लंघन गरे उमेदवारी खारेज र ६ वर्षको प्रतिवन्ध लाग्नसक्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी



अ+ अ-

काठमाडौँ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण परिपालना गर्न राजनीतिक दल र उमेदवारहरुलाई निर्देशन दिनुभएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको १५ दिने प्रचारप्रसारको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाटमा उहाँले आचारसंहिता उल्लंघनका घटनामा आयोगले ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट पार्नुभएको हो । आगामी निर्वाचनको कार्यतालिकाअनुसार फाल्गुन ३ गते राति १२ बजेपछि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उमेदवारहरुले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । यस १५ दिनको अवधिमा जुलुस, आमसभा, कोणसभा र सञ्चार माध्यममार्फत सामग्री प्रचार गर्न पाइने व्यवस्था छ । १८ गते राति १२ बजेपछि भने ‘मौन अवधि’ शुरु हुने र कुनैपनि प्रकारको प्रचार वा ‘मस्तिष्क मन्थन’ समेत गर्न नपाइने भण्डारीले बताउनु भयो ।

उमेदवारी खारेजी र ६ वर्षको प्रतिवन्धको चेतावनी

आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्नेदेखि उमेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने आयोगको भनाइ छ ।
‘आचार संहिता उल्लंघन गरेको ठहर भएमा उमेदवारी खारेज हुनसक्छ र ६ वर्षसम्म पुनः कुनै पनि राजनीतिक प्रतिष्पर्धामा भाग लिन नपाउने गरी आयोगले निर्णय गर्नसक्छ ।’ आयुक्त भण्डारीले चेतावनी दिँदै भन्नुभयो । 

आयोगले यस पटक अनुगमनकर्तालाई सम्बन्धित स्थानमै कारबाही गर्नसक्ने अधिकार समेत प्रत्यायोजन गरेको छ ।

बैंकिङ्ग च्यानलबाट मात्रै खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था

आर्थिक पारदर्शिता कायम गर्न हरेक उमेदवार र दलले छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । २५ हजार रुपैयाँभन्दा माथिको कुनैपनि सहयोग वा खर्च बैंकमार्फत नै गर्नुपर्ने र यसको आय–व्यय विवरण आधिकारिक मानिने आयोगले जनाएको छ । बैंक खाता नखोलिएका उमेदवारहरुका लागि सहजीकरण गर्न आयोगले वाणिज्य बैंकका प्रतिनिधिहरुसँग छलफल गरिरहेको समेत जानकारी दिइएको छ ।

सामाजिक सञ्जालमा मिथ्या सूचना र दुष्प्रचार निषेध
यस पटक सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन गर्न पाउने व्यवस्था गरिए पनि मिथ्या सूचना दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिमाथि कडा निगरानी राखिनेछ । संगठित रूपमा फैलाइने मिथ्या सूचनाले निर्वाचनको निष्ठतामा असर पार्ने हुँदा सामाजिक सञ्जाल कम्पनीहरुसँगको सहकार्यमा नियमन गरिने आयुक्त भण्डारीले स्पष्ट पार्नुभयो ।

ऐतिहासिक मतदाता नामावली र युवाको सक्रियता

यसपटकको निर्वाचनमा ठूलो संख्यामा नयाँ मतदाता थपिएको र त्यसमा युवा जमातको बाहुल्यता रहेको आयोगले जनाएको छ । युवा मतदाताहरु सचेत र शिक्षित भएका कारण मतदाता शिक्षा प्रभावकारी हुने र बदर मतको संख्यामा कमी आउने आयोगको पूर्वानुमान छ । ७ सय ५३ वटै स्थानीय तहमा स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि अपील

आयोगले अपील जारी गर्दै सबै उमेदवारलाई प्रतिष्पर्धाको समान अवसर प्राप्त हुने संवैधानिक जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।  ‘मतदाता सार्वभौम हुन्, उहाँहरुलाई निर्वाध रूपमा आफ्नो मत प्रयोग गर्ने वातावरण तयार गर्नु हामी सबैको दायित्व हो ।’ भण्डारीले भन्नुभयो ।

सरकारी स्रोत साधनको दुरुपयोग नगर्न मन्त्रीहरुलाई सजग गराइएको छ भने आमसभापछि फोहोर आफैँ सफा गर्नुपर्ने आचरणको पालनामा समेत जोड दिइएको छ ।