१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले प्रतिबन्ध फुकुवा गरे परमाणु सम्झौताका लागि तयार रहेको इरानको भनाइ



अ+ अ-

तेहरान। इरान अमेरिकी नाकाबन्दी फुकुवाको बदलामा अत्यधिक प्रवर्धित युरेनियमको भण्डारमा सम्झौता गर्न तयार रहेको इरानी उपविदेशमन्त्रीले आइतबार प्रकाशित बीबीसीसँगको अन्तर्वार्तामा बताउनुभएको छ।

इरान र अमेरिकाबीच आगामी फेब्रुअरी ६ मा ओमानमा भएको आणविक वार्ता पुनः सुरु भएपछि उपविदेशमन्त्री माजिद तख्त–रभाञ्चीको उक्त भनाइ आएको हो ।

स्विट्जरल्यान्डले अर्को हप्ता जेनेभामा नयाँ चरणको वार्ता हुने शनिबार घोषणा गरेको छ ।

इरानले नयाँ चरणको वार्ताको आधिकारिक पुष्टि गरेको छैन, तर विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा रहेको इरानको ओमानको प्रतिनिधिमण्डलमा रहेका तख्त–भान्चीले मङ्गलबार वार्ता हुने बताउनुभएको छ ।

पश्चिमा देशहरूले इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप विशेषज्ञहरूले लगाउने गरेका छन् । संयुक्त राज्य अमेरिका र इरानको कट्टर शत्रु इजरायलको नेतृत्वमा केही समय पहिले इरानी आणविक भण्डारमा आक्रमण गरेका थिए ।

इरानले त्यस्ता सैन्य महत्वाकांक्षाहरू नराखेको तर नागरिक उद्देश्यका लागि यो प्रविधिमा आफ्नो अधिकारमा जोड दिने तेहरानको जिकिर रहने गरेको छ।

“इरान अमेरिकासँग सम्झौता गर्न तयार छ, तर त्यसका लागि अमेरिकाले इरानको अर्थतन्त्रलाई धराशायी बनाइरहेको प्रतिबन्ध हटाउनुपर्छ,” तख्त–रभान्चीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि हामीले उनीहरूको (अमेरिकी) पक्षको इमान्दारिता देख्यौँ भने म विश्वस्त छु कि हामी सम्झौताका लागि तयार हुनेछौँ ।”

बीबीसीले भनेको छ, “तेहरानले ४०० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम भण्डार देशबाहिर पठाउन सहमत हुने सम्भावनाको बारेमा पनि उहाँलाई प्रश्न गरिएको थियो र सम्झौताको सम्भावनालाई उसले अस्वीकार गरेन।”

रुसलगायत धेरै देशहरूले भण्डारको जिम्मेवारी लिने प्रस्ताव गरेका छन्, जुन प्रस्ताव इरानले अहिलेसम्म अस्वीकार गर्दै आएको छ।

इरानको ४०० किलोभन्दा बढी ६० प्रतिशत संवर्धित युरेनियमको भण्डारको नियति धेरै अनिश्चितताले घेरेको छ, जुन गत जुन १० मा (इजरायल र अमेरिकाले इरानी आणविक स्थलहरूमा आक्रमण गर्नु अघि) आणविक निगरानी निरीक्षकहरूले अन्तिम पटक अनुगमनका क्रममा देखेका थिए।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानले युरेनियमलाई ६० प्रतिशतमा संवर्धन गरिरहेको छ, जुन सन् २०१५ को आणविक सम्झौताले अनुमति दिएको ३.६७ प्रतिशत र आणविक हतियार बनाउन आवश्यक ९० प्रतिशत आवश्यकताभन्दा बढी हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा शून्य प्रशोधन गर्न बारम्बार आह्वान गर्दै आउनुभएको छ।

’शून्य संवर्धनको मुद्दा अब कुनै मुद्दा होइन र जहाँसम्म इरानको कुरा छ, यो अब टेबलमा छैन,’ तख्त–रभान्चीले बीबीसीसँग भन्नुभयो ।

विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै फार्स न्यूज एजेन्सीले आइतबार लेखेको छ, “वार्तामा इरानको ऊर्जा क्षेत्रमा सम्भावित अमेरिकी लगानीका बारेमा पनि छलफल हुनेछ।”(रासस/एएफपी)